शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

पाल्पा, २१ मंसिर । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि शव बोकेर नै मतदान केन्द्रमा पुगेर मलामी र मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् भने रिब्दिकोट छहरा गापा–५ मुजुङका विष्णु काफ्लेले मुजुङको बगैँचाबाट मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?