माओवादी प्रवक्ता भुसालद्धारा मतदान, पाँच वर्ष सरकार चलाएर देशको विकास गर्ने घोषणा

काठमाडौं २१ मंसिर – वामगठबन्धन दलका तर्फबाट ललितपुर क्षेत्र नम्बर तीनका साझा उम्मेदवार पम्फा भुसालले ललितपुरको राजतिर्थ मतदान केन्द्रबाट मतदान गरेकी छिन् नेकपा माओवादी केन्दकी प्रवक्ता समेत रहेकी उनले करिब ७ बजे मतदानपछि सञ्चारकर्मीहरुसँग वाम गठबन्धनले अब बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने र देशमा दिगो विकास, आर्थिक समृद्धि ल्याउने दाबी गरिन् । उनले यो निर्वाचनसँगै अब संविधान फुल फ्लेजमा कार्यान्वयनको दिशामा अघि बढेको भन्दै अब कसैले रोक्न नसक्ने समेत बताइन् उनले ललितपुर तीनमा आफ्नो जित सुनिश्चित रहेको समेत दाबी गरिन् । वाम गठबन्धन, आफूले ललितपुरमा गरेको विकासका कार्य तथा आफ्ना एजेण्डाका कारण आफ्नो जित सुनिश्चित रहेको उनले बताइन् सोही मतदान केन्द्रमा मतदानका लागि सँगै रहेका कांग्रेस उम्मेदवार मदन अमात्यले पनि आफूले जित्ने दाबी गरे । आफू स्थानीय रहेको, विकासको पक्षमा रहेकाले आफूले जित्ने उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?