एक रात बास बसेर भोट

डडेल्धुरा, २१ मङ्सिर- परशुराम नगरपालिका–७ मलास बतासेका विनोद बोहराको परिवार बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न बुधबार साँझै आफ्नो वडाको मतदान केन्द्र रहेको सादनी गाउँ आइपुगेको छ। बोहरा परिवारसँगै बतासे गाउँका अधिकांश मतदाता बुधबारै सादनी गाउँ आइपुगेर बास बसेका छन्उनका अनुसार मतदान केन्द्र रहेको स्थलबाट बतासे गाउँ पुग्न करिब ७ घण्टा लाग्छ। उक्त क्षेत्रबाट बरु कञ्चनपुरको महेन्द्रनगर २ घण्टामै पुग्न सकिन्छनगरपालिकाको ७ नम्बर वडाको एउटा बतासे गाउँ मात्र होइन, एक दर्जनभन्दा बढी गाउँ विकट छन्। वडाध्यक्ष केशवसिंह बोहराका अनुसार मलास, बड्डिमलास, कसान, पीपलकोट, तालीगाडा, भुमिथाला, जामिरगाड, बस्नौटा र ददिगैरका मतदाता भोट हाल्न बास बस्ने गरी एक दिन पहिल्यै आउने गरेका छन्, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?