प्रचण्डको यस्तो अपील

चितवन, २० मंसिर- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण रुपमा भयरहित तवरबाट निर्वाचनमा भाग लिन आम देशवासीलाई आह्वान गरेका छन् । चितवनको शिवनगरस्थित आफ्नै निवासमा रहेका उनले यो निर्वाचनमा संयमतापूर्वक आफ्नो अभिमत जाहेर गरेर निर्वाचनलाई सफल बनाउन आग्रह गरे । उनले निर्धक्क भएर निर्वाचनमा सहभागी हुन अपिल पनि गरे । संविधान कार्यान्वयन गर्दै स्थिर सरकार र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन महत्वपूर्ण भएको भन्दै अध्यक्ष दाहालले उत्साहपूर्वक मतदानमा सहभागी भई निर्वाचनलाई पर्वका रुपमा सम्पन्न गर्न बुबाआमा, दाजुभाई दिदीबहिनी तथा देशवासीहरुमा अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?