प्रचण्डको यस्तो अपील

चितवन, २० मंसिर- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण रुपमा भयरहित तवरबाट निर्वाचनमा भाग लिन आम देशवासीलाई आह्वान गरेका छन् चितवनको शिवनगरस्थित आफ्नै निवासमा रहेका उनले यो निर्वाचनमा संयमतापूर्वक आफ्नो अभिमत जाहेर गरेर निर्वाचनलाई सफल बनाउन आग्रह गरे । उनले निर्धक्क भएर निर्वाचनमा सहभागी हुन अपिल पनि गरे संविधान कार्यान्वयन गर्दै स्थिर सरकार र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन महत्वपूर्ण भएको भन्दै अध्यक्ष दाहालले उत्साहपूर्वक मतदानमा सहभागी भई निर्वाचनलाई पर्वका रुपमा सम्पन्न गर्न बुबाआमा, दाजुभाई दिदीबहिनी तथा देशवासीहरुमा अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?