प्रकाशशरण महतमाथि एमाले कार्यकर्ताबाट आक्रमण प्रयास

काठमाडौं, २० मंसिर—नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार प्रकाशशरण महतमाथि एमाले कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् धापासीस्थित एक सपिङ मलमा केहि सीमित कांग्रेस नेता कार्यकर्तासँग बसिरहेको बेला एमाले कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन् टोखा नगरपालिका वडा नां ७ का वडाध्यक्ष नरोत्तम राना मगरको नेतृत्वमा आएका करिब ८० जनाको टोलीले महत सहितका नेता तथा कार्यकर्तामाथि एक्कासी बिहिबार साँझ ६ बजेतिर आक्रमणको प्रयास गरेको डा महतले बताए स्थानीय जनप्रतिनिधि समेत रहेका रानाको नेतृत्वमा आएका उनीहरुले एमाले कार्यकर्ताले पूर्व सा‌ंसद् बहादुर लामामाथि समेत दुर्व्यवहारको प्रयास गरेका थिए तर समयमै प्रहरी र कांग्रेसका कार्यकर्तासमेत त्यहाँ पुगेपछि उनीहरु आक्रमणबाट जोगिएका थिए भने एमाले कार्यकर्ता भागेका थिए एमालेका कार्यकर्ताले महत नेतृत्वको टोलीले धापासीको सुकुम्बासी बस्तीमा पैसा बाड्न खाजेको सूचना प्राप्त भएपछि आफूहरु प्रतिकारमा उत्रिएको दाबी गरेका छन् तर, महतले भने यसको खण्डन गर्दै मौन अवधिको सम्मान गर्दै प्रचारप्रसारमा ननिस्किएपनि चुनावी रणनीति र बुथमा खटिने कार्यकर्ताहरुको बन्दोबस्तीको विषयमा छलफल गर्दैगर्दा एक्कासी आक्रमणको प्रयास भएको बताए काठमाडौं ५ मा महतको प्रतिद्धन्द्धीको रुपमा एमाले महासचिव इश्वर पोखरेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?