‘धुलोमुक्त काठमाडौँ’ प्राथमिकतामा

काठमाडौँ, २० मंसिर – काठमाडौँ महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौँ बनाउने कामलाई प्राथमिकतामा राखेको छ कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमाडौँका सडकलाई सफा बनाउने अभियानका साथ धुलो उठाउने निर्णय गरिसकेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले सो काममा समन्वय गर्ने छ । जनप्रतिनिधिको मुख्य नाराका रुपमा रहेको धुलोमुक्त काठमाडौँ अभियानलाई प्राथमिकतामा राखिएको प्रमुख शाक्यले जानकारी दिए “काठमाडौँ उपत्यकाको मुख्य समस्याका रुपमा रहेको धुलो व्यपस्थापनको काम नै ठूलो चुनौती हो, यससँगै सडकका खाल्डाखुल्डी पुर्ने काम पनि मुख्यरुपमा नै रहेको छ”, शाक्यले भने । तत्कालीन काठमाडौँ नगरपालिकालाई २०५२ साल मंसिर २९ गते कामपा घोषणा गरिएको थियो । वार्षिकोत्सवका अवसरमा वसन्तपुरबाट हरिभवन (बागदरबार)सम्म झाँकीसहित प्रभातफेरी, उत्कृष्ट करदाता सम्मान, सफाइ अभियानकर्मी सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायत कार्यक्रम गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?