काठमाडौं, २० मंसिर । सर्लाही क्षेत्र नम्बर ४ बाट वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवपुजन राय यादवको उम्मेदवारी कायम रहने या नरहने भन्ने विषयमा आज टुंगो लाग्ने भएको छ निर्वाचनको एक दिनअघि निर्वाचन आयोगसँग छलफल गरेर सर्वोच्चले यो विषयमा टुंगो लगाउन लागेको हो । रायमाथि कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोप छ न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उम्मेदवारी खारेजीको कारण पेस गर्न पनि निर्वाचन आयोगको नाममा आदेश जारी गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि उनले सर्वोच्चमा मुद्दा हालेका थिए पहिलो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरमबाट सभासद भएका यादव माओवादी प्रवेश गरेर सर्लाही–४ बाट उम्मेदवार बनेका हुन् विशेष अदालतले कूटनीतिक राहदानी दुरुपयोगको आरोपमा उनलाई दोषी ठहर गर्दै चार महिना जेल र १५ हजार जरिवानाको फैसला गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया