काठमाडौँ, २० मङ्सिर- एमाले अध्यक्ष केपी ओलीले आफैँलाई मत हाल्न नपाउने भएका छन् । उनी झापा ५ का उम्मेदवार हुन् । तर, ओलीको मतदाता नामावली भक्तपुर सूर्यविनायक नगरपालिका–२ मा छ । एमाले नेता माधव नेपाल काठमाडौं २ बाट उम्मेदवार बनेका छन् । तर, उनको मतदाता नामावली रौतहटमा छ । उनले गौर नगरपालिकाको रामजानकी केन्द्रबाट मतदान गर्दै आएका छन्, नयाँ पत्रिकामा खबर छ यस्तै माओवादी नेता कृष्णबहादुर महरा, सुरेन्द्र कार्की र झक्कुप्रसाद सुवेदीले पनि आफूलाई मत हाल्न पाउने छैनन् । महरा दाङ २ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनले यसअघि रोल्पाको लिवाङ नगरपालिका–१, तारा मावि केन्द्रबाट मत हाल्दै आएका थिए । यस्तै, कार्की झापा १ बाट उम्मेदवार छन् । उनी काठमाडौंका मतदाता हुन् । रोल्पामा मतदाता सूचीमा नाम रहेका सुवेदी काठमाडौं ६ बाट उम्मेदवार छन् राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफूलाई भोट दिन पाउने छैनन् । ठाकुर महोत्तरी–३ बाट उम्मेदवार छन् । उनको मतदाता सूची सर्लाहीको बलरा नगरपालिकामा छ । राजपाका अर्का नेता महतोको मतदाता सूची सर्लाही चन्द्रनगर नगरपालिका–२ मा छ । उनी धनुषा ३ मा उम्मेदवार बनेका छन् प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा कैलाली ५ बाट उम्मेदवार बनेकी छिन् । उनको मतदाता नामावली डडेल्धुरामा छ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफैँलाई भोट दिन पाउने छैनन् । उनी सप्तरी २ का उम्मेदवार हुन् । यादवको मतदाता सूची मोरङ विराटनगर महानगरपालिका–१४ जतुवामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया