बम आतंकप्रति काँग्रेसको भत्सर्ना, लोकतन्त्रलाई नै समाप्त पार्ने खेल !

काठमाडौँ, १९ मंसिर – नेपाली काँग्रेसले निर्वाचन प्रभावित गर्ने मनसायले भएका बम आतंकप्रति भत्र्सना गरेको छ काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले सुनियोजित षडयन्त्रबाट भएका यस्ता क्रियाकलापप्रति कतिपनि विचलित नहुन आम मतदातालाई अपिल गरेका छन् उनले शान्तिपूर्ण एवं निर्वाधरुपमा निर्वाचनमा सहभागी हुन पाउने नागरिकको नैसर्गिक अधिकारको विरोध गर्ने र लोकतान्त्रिक संस्कारको उपहास गर्ने आपराधिक घटनाको मुकाविला गर्न काँग्रेस तयार रहेको उल्लेख गरेका छन् मुख्यसचिव पौडेलले आपराधिक घटना नियन्त्रण गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन तथा त्यस्ता घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइ कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् पार्टी सभापति एवं प्रधानमन्त्री तथा डडेल्धुरा जिल्ला प्रतिनिधिसभाका उम्मेदवार बस्नुभएको होटल नजिक कैलालीको धनगढीमा बम फेला परेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?