काठमाडौँ, १९ मंसिर । निर्वाचन आयोगले विहिबार दोस्रो चरणको मतदान सम्पन्न हुने वित्तिकै पहिलो चरणमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु गर्ने जनाएको छ निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले विहिबार अपरान्ह ५ बजे मतदान सकिने वित्तिकै पहिलो चरणमा सम्पन्न ३२ जिल्लाको निर्वाचनको मतगणना सुरु हुने जानकारी दिए मंगलबार काठमाडांैमा पत्रकार सम्मेलन गरी उनले सबै मतपेटिका संलकन भएपछि मात्रै दोस्रो चरणको निर्वाचनको मतगणना सुरु गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको पनि स्पष्ट पारे निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक पार्टीका प्रतिनिधिलाई मतपत्र छुन नपाउने गरी व्यवस्था गरिने पनि स्पष्ट पारेको छ । निर्वाचन आयुक्त पौडेलले मतगणना स्थलमा उच्च सुरक्षा सर्तकता अपनाइने पनि बताए निर्वाचन आयोगले ८ दिन भित्र दुवै चरणको निर्वाचनको मत परिणाम सार्वजनिक गरिसक्ने योजना पनि बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया