सरकारले माग्यो सर्वसाधारणसँग सहयोग, गृहले भन्योः अपरिचित व्यक्ति वा शंकास्पद वस्तु देखेमा १००मा खबर गर्नु

काठमाडौं, १९ मंसिर । दोस्रो चरणको निर्वाचन हुन दुई दिन बाँकी हुँदा देशभर भइरहेको बम विस्फोटका घटनाबाट निर्वाचनमा आवरोध हुने भएपछि सरकारले सर्वसाधारणसँग सहयोग गर्न आग्रह गरेको छ कुनै पनि अपरिचित व्यक्ति वा शंकास्पद वस्तु देखेमा प्रहरीलाई खबर गरेर सहयोग गर्न सरकारले सबै जनमानसमा आग्रह गरेको छ देशभर घटिरहेको बम विस्फोटका कारण गृह मन्त्रालयले ‘अत्यन्त जरुरी’ भनेर सार्वजनिक रुपमा सूचना जारी गर्दै भनेका छन्, अपरिचित व्यक्ति, शंकास्पद गतिविधि र शंकास्पद वस्तु देखेमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलको फोन नं. १०० मा खबर गर्न अनुरोध गरिएको छ जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ, ‘आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा निर्वाचन विरोधीहरुले राजनीतिक दलका उम्मेदवारलाई लक्षित गरी बम विस्फोटका घटनाहरु घटाउने, सर्वसाधारण जनतालाई डर त्रास सिर्जना हुने गरी सार्वजनिक स्थान वा समाजका प्रतिष्ठित व्यक्तिहरुको घर कम्पाउन्डमा बम विस्फोट गराउने जस्ता गतिविधि गरी निर्वाचन अवरोध सिर्जना गर्ने क्रियाकलाप गरिरहेको’ उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?