प्रदेश नं सातका पाँच जिल्लामा साढे दशलाख मतदाता

कञ्चनपुर, १९ मंसिर दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना मतदाता रहेका छन् कैलालीमा दुई लाख २३ हजार ५०९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ जना तेस्रोलिंगी रहेका छन् प्रदेश नम्बर ७ मा सबैभन्दा कम मतदाता डडेल्धुरामा रहेका छन् । डडेल्धुरामा ४० हजार १५६ पुरुष र ४१ हजार ५७६ महिला गरी कुल ८१ हजार ७३२ मतदाता रहेका छन् कञ्चनपुरमा एक लाख २८ हजार ५२३ पुरुष, एक लाख ३६ हजार ४५१ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ६४ हजार ९७५ मतदाता रहेका छन् । अछाममा ६४ हजार ७७६ पुरुष, ७२ हजार १२५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९०३ मतदाता रहेका छन् डोटीमा भने ४९ हजार १४३ पुरुष र ५७ हजार ४०० महिला गरी कुल १ लाख ६ हजार ५४३ मतदाता रहेका छन् । प्रदेशका अन्य जिल्लामा भने मंसिर १० मा नै निर्वाचन सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?