‘बुलेट ट्रेन झैं कुद्न खोज्दा केही सेकेन्डले बाँचे गगन ’

काठमाडौं, १९ मङ्सिर- ‘हामी बुलेट ट्रेनको गतिमा कुदनुपर्छ है…’ ४० वर्षीय गगनकुमार थापाले भोलानाथ लामिछानेसहित आफ्नो वरपरका युवा कार्यकर्तालाई जोस्याए । बिहानै सात बजेदेखि बूढानीलकण्ठ क्षेत्रमा घरदैलो गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई उनी आफैंले स्थगन गर्दै मध्याह्न १२ बजेको समय मिलाएका थिएचुनाव प्रचारको अन्तिम दिन भएका कारण उनी साढे ११ बजे निर्धारित स्थानमा हस्याङफस्याङ गर्दै पुगे । कांग्रेस युवा नेता एवं काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनको पछिल्तिर बूढानीलकण्ठ—२ का स्थानीय बासिन्दाको लर्को थियो । ‘दाइ तपार्इं हामी जसरी कुद्न सक्नुहुन्न होला । तपार्इं अरू मिलाउँदै गर्नुस् हामी अघि कुदौं’, मुटुका बिरामी लामिछानेतर्फ संकेत गर्दै उनले केही युवालाई संकेत गरेयुवाहरूलाई पछि लगाउँदै पाइला बढाए । त्यसलगत्तै बीच बाटोमा बम विस्फोट भयो । घरदैलो अभियानमा निस्केका गगनका पाइला अन्य घाइतेसँगै शिक्षण अस्पतालको आकस्मिक कक्षमा सोझिएबूढानीलकण्ठ—२ को महादेवकोलोनी नजिकै ५/६ घरमा पुगेर उनले भोट मागे । त्यसपछि भद्रबस्तीमा जाने योजनाअनुरूप उनले बुलेट ट्रेनकै गतिमा पाइला चाले । आफूलाई लक्ष्य गरी रिमोट कन्ट्रोलयुक्त बम राखिएको स्थान उनले पार गरेको केही सेकेन्डमै पड्कियो । उनको पछि÷पछि हिँडेका कार्यकर्ता विस्फोटमा परे । धुवाँ र धुलोको मुस्लो आकाशतिर उड्यो । ‘पछि —पछि एक/डेढ सय कार्यकर्ता र शुभेच्छुक थियौं होला’, स्थानीय कांग्रेस नेता लामिछानेले भने, ‘हत्तपत्त प्रहरीको कन्ट्रोल रुममा खबर गर्दै घटनास्थलतर्फ दौडे ।’घटनास्थलमा यत्रतत्र कार्यकर्ता लडेको देखेर गगनलाई सम्हालिन कठिन भइरहेको थियो । ‘आफ्ना मान्छे वरिपरि ढलेको देखेर होला’, गगन हडबडाएका थिए’, प्रत्यक्षदर्शी एक युवाले भने, ‘मलाई केही भएको छैन । घाइते साथीहरूलाई छिटो अस्पताल पुर्‍याऊँ भन्दै सहयोग गर्न अह्राए ।’ उनलाई पनि बमका छर्राले चोट लागेको थियो । तर, आफूलाई केही नभएको बताउँदै घाइते कार्यकर्तालाई छिटो अस्पताल पुर्‍याउन निर्देशन दिएसुरुमा उनले आफूलाई केही नभएको बताउँदै सबैलाई आश्वस्त पार्न खोजे । तर, कानबाट भने रगत बाहिर आइरहेको थियो । ‘जब अरू घाइतेलाई अस्पताल पठाउने तरखर गरियो । त्यतिबेला अर्को गाडी आयो । गगनलाई पछि बसाउन खोज्दा बल्ल उसले दाइ म पछि बस्न सक्दिनँ । मलाई पनि चोट लागेको छ भनेर बोल्यो,’ स्थानीय अगुवा कार्यकर्ता लामिछानेले भने, ‘दाइ मलाई जोडले नछुनुस् भन्यो । त्यसपछि बल्ल हामीले उसको ढाड र कानमा बमको छर्राले चोट पुर्‍याएको थाहा पायौं।’उनी असजिलो ढंगले गाडीको अघिल्लो सिटमा बसे । उनको कानको मासुको चोक्टो उडेको कार्यकर्ताले थाहा पाएत्रिवि शिक्षण अस्पताल, आकस्मिक विभागका प्रमुख प्राडा प्रतापनारायण प्रसादका अनुसार थापालाई ढाड र कानमा चोट लागेको अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?