काठमाडौं, १९ मङ्सिर- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) द्वारा गत गत शनिबार पुनः लिइएको एमबीबीएस प्रवेश परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ परीक्षाफलअनुसार मोरङका प्रज्वल लुइटेल, भक्तपुर बागेश्वरीका निरञ्जन अधिकारी र रूपन्देहीका देवांश उपाध्याय ८८ अंकका साथ ‘नेपाल प्रथम’ भएका छन् कुल ७ हजार ३ सय ५८ जनाले पुनः प्रवेश परीक्षा दिएकोमा ३ हजार ३ सय ३० र विदेशीतर्फ २ सय १ जनाले परीक्षा दिएकोमा ३३ जना उत्तीर्ण भएका छन् चालू शैक्षिक सत्रका लागि गत २८ असोजमा लिइएको एमबीबीएस प्रवेश परीक्षामा चिट चोरी तथा नक्कली परिक्षार्थीका कारण स्थगित प्रवेश परीक्षा गएको १६ मंसिरमा लिइएको थियो पहिला सञ्चालित प्रवेश परीक्षामा ८ हजार ७ सय ३१ नेपाली परीक्षार्थी सहभागी थिए भने पुनः सञ्चालित परीक्षामा घटेर ७ हजार ३ सय ५८ विद्यार्थी मात्र सहभागी भए, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया