काठमाडौँ, १८ मंसिर- नेपाली काँग्रेसका नेता एवं काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ४ उम्मेदवार गगन थापाले बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा आज भएको बम आक्रमणको घटनाले सुरक्षाको संवेदनशीलताप्रति गम्भीर प्रश्न उठाएको हुँदा सरकारले घटनाको छानविनको माग गरेका छन् आज दिउँसो घाइते भएका उनले उपचारपछि काठमाडौँ क्षेत्र नं ४ द्वारा सिफलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सरकारले सबै नागरिकलाई आश्वस्त गराउन सक्नुपर्छ भने “हिंसाको राजनीतिलाई प्रसय दिनुहुँदैन, संविधान निर्माणपछिको यात्रामा नेपालमा हिंसाको छाया पनि पर्न दिनौँ भनेर संकल्प गर्नुपर्ने आवश्यक छ, म त्यसका निम्ति सबैमा आह्वान गर्न चाहान्छु”–थापाले भने नेता थापाले संविधानसभामा आफूले आफ्नोतर्फबाट इमानदारीपूर्वक जिम्मेवारी पूरा गरेको बताउँदै भोलिका दिनमा पनि प्रतिनिधिका रूपमा संसद्मा काम गर्ने मौका पाएका खण्डमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अबको पाँच वर्ष सांसद भएर काम गर्दैगर्दा शिक्षा र स्वास्थ्यका विषयमा काम गर्ने उनको भनाइ छ बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेकाबेला अज्ञात समूहले आज थापालाई केन्द्रित गरी बम प्रहार गरेको थियो । थापाको टाउको र कम्मरमा चोट लागेको छ । वाम गठन्धनलगायत विभिन्न संघसंगठनले थापा माथि भएको आक्रमणको भत्र्सनासमेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया