कांग्रसलाई राष्ट्रवादको कुरा कसैले नसिकाए हुन्छः केसी

काठमाडौं, १८ मंसिर— कांग्रेस नेता अर्जुन नरसिंह केसीले कांग्रेसलाई कसैले पनि राष्ट्रवादको विषय सिकाउन नपर्ने बताएका छन् । उनले कांग्रेस राष्ट्रवादप्रति स्पष्ट रहेको बताउँदै एमालेको खोक्रो राष्ट्रवादको कुरा गरेको आरोप समेत लगाए सोमबार काठमाडौं क्षेत्र नम्बर ६ को अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै केसीले लोकतन्त्रको रक्षा गर्नु कांग्रेसको दायित्व रहेको भन्दै यो चुनावबाट पार्टीलाई बहुमत दिलाउन मतदातासमँग आग्रह गरे उनले वामपन्थीको बहुमत आए देश अस्थिरता तर्फजाने भन्दै यसतर्फ सचेत हुनुपर्नेमा समेत जोड दिए लोकतन्त्रको पक्षमा जनलहर छाएको दाबी गर्दै केसीले संविधानको नेतृत्व गरेको दलले समृद्धिको नेतृत्व गर्ने जिकिर समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?