चलायमान मतदातामा विवेकशील साझाको नजर

काठमाडौं, १८ मङ्सिर- पहिले सामाजिक सञ्जालमा मात्रै चर्चा कमाइरहेको भनी आलोचना हुँदै आएको विवेकशील साझा पार्टीले काठमाडौंका चलायमान मतदातामा आफ्नो प्रभाव देखाउन थालेको छ । चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालमै काठमाडौंका केही क्षेत्रमा विवेकशील साझाको उपस्थितिलाई उल्लेख्य रूपमा लिन थालिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ मतदाता कहाँ घरदैलोका क्रममा पाएको प्रतिक्रियाले यो नवगठित पार्टीका प्रत्याशी उत्साही देखिएका छन् । उनीहरूको भनाईमा, कुन पार्टीलाई भोट दिने भनी निश्चय नगरेका मतदाता रिझाउने प्रयासमा उम्मेदवार छन् । अनि ‘पुराना दलसँग विकर्षित’ लाई पनि चुनावी सफलताको आधार मानिरहेका छन् काठमाडौं-५ मा मात्रै अहिलेसम्म आफू लगभग ४ सय किमि हिँडिसकेको बताउँछन् विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापा । हरेक समय आफूहरू मतदातासँग सम्पर्कमै रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘पुराना दलप्रति जनताको वितृष्णा बढ्दो छ । त्यसको सट्टामा हामीलाई रोजेका छन् ।’ काठमाडौंका जनता कुनै खास पार्टीमा कटिबद्ध भएर नलागेको उनको बुझाइ छ । यसो हुँदा आफूहरूले राम्रो मुद्दा उठाइरहेकाले गतिशील स्वतन्त्र जनताले आफूहरूलाई सहयोग गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?