स्याङ्जा, १७ मंसिर – उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्ष्य गरी आज साँझ बम विष्फोट गराइएको छ स्याङ्जाको भीरकोट नगरपालिका–८ को ढापुक सिमलभञ्ज्याङमा भएको चुनावी सभालाई सम्बोधन गरेर फर्कने क्रममा ढापुक फेदीको बाटोमै बम विष्फोट भएको हो टिनको बट्टामा प्लास्टिकले बेरिएको अवस्थामा रहेको बम बाटोभन्दा माथिबाट उपप्रधानमन्त्री श्रेष्ठलाई लक्ष्य गरी विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ बम बिष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । उपप्रधानमन्त्रीको सुरक्षामा खटिएको प्रहरीको गाडी र उपप्रधानमन्त्री श्रेष्ठको गाडीको बीचमा उक्त विष्फोट भएको हो । विष्फोटबाट कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया