अनिल शर्मालाई जनमोर्चाको सहयोग

काठमाडौं, १७ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधिसभा सदस्यको लागि उमेदवारी दिएका डा. निर्मलकुमार थापाले माओवादी केन्द्रका उमेदवार अनिल शर्मालाई सहयोग गर्ने भएका छन् आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जनमोर्चाका उमेदवार थापाले आफ्नो उमेदवारी फिर्ता लिई वाम गठबन्धनका साझा उमेदवार शर्मालाई सहयोग गर्ने भएका हुन् पत्रकार सम्मेलनमा जनमोर्चाका थापाले वाम गठबन्धनले देशमा स्थिर सरकार र समाजवाद ल्याउने आशाले अनिल शर्मालाई सहयोग गरेको बताए ”यही माग २१ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष उमेदवारी दिइ चुनावी प्रचार-प्रसारमा लागिरहेकोमा मेरा प्रस्तावक, समर्थक तथा मतदाताहरुले अबको सरकार वाम गठबन्धनको हुनुपर्ने र यस बहुमतीय सरकारले ५ वर्ष सुशासन गरी देशलाई समृद्धशाली बनाउने सबै वाम शक्ति एक हुनुपर्ने कुरामा जोड दिएकोले मैले पनि एक कम्युनिष्ट हुनुको नाताले वाम आन्दोलनलाई अगाडि बढाउन र वाम गठबन्धनको स्थायी सरकार गठन गर्नमा अहम भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरी मेरो स्वेच्छाले वाम गठबन्धनका होनहार युवा नेता अनिल शर्मालाई विजयी गराउन समर्थन गर्ने घोषणा गरेको छु, ”पत्रकार सम्मेलन पछि जनमोर्चाका उमेदवार डा. निर्मलकुमार थापाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।”काठमाडौं क्षेत्र नम्बर १ का उमेदवार अनिल शर्माले वामपन्थी सकारले जनताको भाग्य र भविष्य राम्रो बनाउने बताए । शर्माले भने, ”मलाई समर्थन गर्ने जनमोर्चाका उमेदवार र वामपन्थी बुद्धिजिबीहरुको चाहानालाई पूरा गर्ने छौं । अब बन्ने वाम गठबन्धनको सरकारले जनताको भाग्य भविष्य राम्रो बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?