सुरक्षा घेरा भित्र ओलीको चुनावी सभा

मोरङ, १७ मंसिर । विराटनगरको पुष्पलालचोकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार विराटनगरको पुष्पलालचोकमा ओयोजित वाम गठबन्धनको चुनावी सभालाई ध्यान दिँदै कडा सुरक्षा व्यवस्था तयार पारिएको छ देशका विभिन्न स्थानमा चुनावी सभा र राजनीतिक दलका उम्मेदवारहरुलाई लक्षि गरी बम विस्फोटका घटनाहरु घटिरहेको बेला पुष्पतलाचोकमा आयोजित वाम गठबन्धनको चुनावी सभाको सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ आयोजित चुनावी सभा कार्यक्रम स्थलमा सेनाको तालिम प्राप्त कुकुर प्रयोग गरिएको थियो साथै नजिकै आयोजित सभामा उपस्थित सहभागिहरुको पनि जाँच गरिएको थियो उक्त चुनावी सभा स्थल वरिपरि सुरक्षा व्यवस्था बढाइएको छ । कार्यक्रम स्थल वरिपरि अत्यधिकको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीसहित नेपाली सेना परिचालन गरिएको छ सभा स्थलको भित्री घेरामा म्यादी प्रहरीसमति नेपाल प्रहरी खटाइएको छ भने बाहिरी घेरमा नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ । साथै नेपाली सेनाले विशेष गस्ती समेत गरेको छ त्यस्तै, स्रोतले जनाए अनुसार, कार्यक्रम स्थल वरिपरि हिजो साँझदेखि नै नेपाली सेनाले गस्ती गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?