चितवन, १७ मंसिर । चितवन भरतपुर महानगरपालिकाको ५ नं. वडा कार्यालयमा बम विस्फोट भएको छ उक्त बम विस्फोटबाट वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालयको भवनमा क्षति भएको छ चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार, करिब २ बजे ग्रिनेट विस्फोट भएको थियो । यहि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचको मतदान केन्द्र यही वडा कार्यालयमा राखिएको छ त्यस्तै, वडा अध्यक्ष पदमपाणि सुवेदीले वडा कार्यालय, रेडक्रसको कार्यालय र वरिपरि रहेका सर्वसाधारणको झ्यालका सिसा फुटेको बताए यसैगरी वडाध्यक्ष सुवेदीको घर अगाडि फेला परेको विस्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले निष्कृय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया