काठमाडौं, १७ मंसिर – निर्वाचन आयोगद्वारा विभिन्न १० टिभी स्टेशनबाट प्रसारित गर्ने गरी सञ्चालित मतदाता शिक्षा अन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति एमालेले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको उक्त क्विजमा निर्वाचन आयोगले नेपाली कांगे्रसका उम्मेदवारको प्रचार गर्ने नियत सहित प्रश्न राखिएका भन्दै एमालेले एक विज्ञप्ति जारी गर्दै भनेको छ– पार्टी सत्ताधारी दलको खास उम्मेदवारलाई निर्वाचन आयोगको उम्मेदवारको रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै निष्पक्ष भनिएको निर्वाचन आयोगले कुन–कुन उम्मेदवारको पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको हो, स्पष्ट पार्न आग्रह गर्दछ ।’प्रचार सामग्री निर्वाचन आयोगको जानकारी बेगर भएको हो र मतदाता शिक्षाको जिम्मा लिने आयुक्तको निजी निर्णयमा भएको हो भने आयोगलाई सार्वजनिक रुपमा क्षमायाचना गर्न र आयुक्तलाई तत्काल कारवाहीको लागि पनि एमालेले माग गरेको छ यस विषयमा हुने आयोगको मौनता वा निर्णयको ढिलाईलाई संस्थागत धाँधलीको प्रक्रियामा निर्वाचन आयोग संलग्न रहेको निष्कर्षमा पुग्न पार्टी बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया