-किशोर तामाङपुनर्वास, १७ मङ्सिर- कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासका कृषक उखुको उचित मुल्य निर्धारण नहुँदा समस्यामा परेका छन् । भागेश्वर सुगर एण्ड केमिकल ईडष्ट्रीज प्राईभेट लिमीटेड र कृषक हकहित संरक्षण समिती बिच तालमेल नमिल्दा कञ्चनपुरको पुनर्वास नगरपालिकाका कालिका, त्रिभुवन, परासन, लालझाडी, लक्ष्मीपुर, शंकरपुर, र श्रीपुर क्षेत्रका उखु कृषकहरु अन्यौलमा परेका हुन् तीन बर्ष अगाडी करिव ६ सय करोडको लगानीमा निर्माण गरिएको उक्त सुगर मिलले दैनिक २० हजार क्वीण्टल उखु पेल्न सक्ने क्षमता राख्दछ । बार्षिक २५ लाख क्वीन्टल उखु पेल्न सक्ने क्षमता रहेको मिलले गत बर्ष भने करिव ११ लाख ५० हजार क्वीन्टल उखुमात्र पेलेको भागेश्वर मिलका सि.एम. मिश्राले जानकारी दिए मिलको स्थापना काल देखी गत बर्षको रेकर्ड हेर्ने हो भने कृषकहरु बिच भागेश्वर सुगर मिलले निकै राम्रो छवि बनाएको देखिन्छ । यस क्षेत्रका अधिकांस कृषकहरु अन्य बाली लगाउन छाडी उखु खेती तिर आकर्षित भएको देखिन्छ । उखु एकचोटी लगाए पछि दुई चोटी आम्दानी लिन साकिने भएकाले पनि यस खेती तर्फ आफुहरु आकर्षित भएको उखु कृषक रामदास राना बताउछन तर यस बर्ष भने कृषक अन्यौलमा छन । अहिले सम्म पनि सुगर मिल र कृषक हकहित संरक्षण समिति बिच सम्झौता हुन सकेको छैन । मिल चालु भई सकेको छ । मिल चालु हुन अघि दुवै पक्ष बिच कृषक हक हितका लागि सम्झौता हुनुपर्ने भए पनि त्यो हुन सकेको छैन । खेतमा ऊखु काटी अर्को बाली लगाउन ढिलो भैरहँदा तर मिल र समितिका बिच तालमेल बन्न नसक्दा उखु कटाई हुन नसकी कृषक प्रत्यक्ष मर्कामा परेका छन पुनर्वास -३ का काजी तामाङको खेतमा लगाएको उखु बजारमा बिक्री गर्ने समय भईसक्दा पनि उचित मुल्य समयमै निर्धारण नहुँदा खेतमै थन्कीएको छ । “उखु काटीसक्नुपर्ने समय भएको छ” काजी भन्छन्–“अहिले सम्म नकाटीदा अर्को बाली लगाउनलाई समस्या परेको छ ।”त्यस्तै पुनर्वास नगरपालिका वडा नम्बर २ अरनिकोबस्तीका खर्चलामा तामाङले गत बर्ष समयमै उखुको दर रेट कायम गरी भुक्तानी समेत छिटो र छरितो ढंगबाट समयमै रकम प्राप्त गरेको तर यसबर्ष मुल्य निर्धारण नहुँदा घरको खर्च चलाउन गाह्रो भएको बताए
उखु कृषक हक हित संरक्षण समितीका सचिव दिपेन्द्र खड्काले जनताहरुको माग र मिलको रेटमा कुरा नमिल्दा उखुको निर्धारण हुन नसकेको अब चाँडै भागेश्वर सुगरमिल संग बैठक बसेर उखुको मुल्य चाँडै निर्धारण गर्ने उखु कृषक हक हित संरक्षण समितीका सचिव दिपेन्द्र खड्काले बताए । साथै उनले पुनर्वास नगरपालिकामा १२ सय बिघा जमिनमा उखु खेती गरिने बताए उखु कृषक हकहित संरक्षण समितीका कार्यवाहक अध्यक्ष रमेश थापाले समितीसंग समन्वय नगरिकनै पर्ची निकास गरी मिल संचालन गरेकोे भन्दै विज्ञप्ती जारी गरेको बताए । साथै उनले मिलसंग मुल्य निर्धारण र कृषक हकहित सम्वन्धी कुरा गर्न जाँदा मिलले आफुहरुमाथी अभद्र व्यवहार गरेको भन्दै सुचना जारी गरि सुचना जारी गर्दै विज्ञप्ती निकालेको बताए । आफुहरु जहिले पनि किसानको पक्षमा रहेकोले मिलका बिचौलियहरुको भ्रममा नपर्न किसानहरुलाई विज्ञप्ती मार्फत सचेत रहन आग्रह समेत गनुभएको छ । किसानको हक हित सुनिश्चित गगर्नका लागि आफुहरु जुन सुकै मुल्य चुकाउन पनि तत्पर रहेको बताएकोे छ भागेश्वर सुगर मिलका प्रशासन अधिकृत डम्मर खड्काले उखु मिलको दर रेट अनुरुप आफुहरुले पनि उखुको दर रेट कायम गरेको बताएका छन् विगत सालमा महाकाली सुगर मिलको रेट नै कायम गरि ऊखु खरिद गरेकोमा हाल पनि मिलले आसपासका मिलको ऊखु दर रेट कायम गरेको बताउनु भयो । उनले लक्कट उखुको चार सय ४१, साधरण उखुको चार सय ५३ र अरली उखुको चर सय ७१ रुपियाँ रहेको बताएका छन् । “बारम्बार भागेश्वर सुगर मिलले किसान हकहित सरक्षण समितिलाई दररेट निर्धारण बारे छलफल गर्न बोलाएका छौँ” अधिकृत खड्काले भने “तर समितीका सदस्यहरु बैठकमा उपस्थित नहुने गरेका कारण अहिले सम्म किसान मर्कामा परेकाहुन् ।”दुई पक्ष बिचको तालमेल बन्न नसक्दा उखु कृषकहरु साढेको जुधाई बाच्छाको मिचाई भोग्न बाध्य भएको र चाँडो भन्दा चाँडो दुई पक्ष बसी यस बिषयको टुङगो लगाउन जरुरी भएको किसानहरू बताउँछन् । किसानलाई उत्पादनको उचित दाम दिलाउनु समितीको दायित्व हो भने समयमै ऊखु खरिद गरि भुक्तानी गर्नु उद्योगको उत्तरदायित्व भएको तथा किसानको बाली लगाउन पाउने अधिकारलाई कसैले कुण्ठित नगरी बेलैमा यसतर्फ सरोकारवालको ध्यान जान जरुरी रहेको बुद्धिजीवीहरुको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया