भरतपुर, १७ मङ्सिर- चितवन क्षेत्र नम्बर ३ का प्रतिनिभिसभा सदस्य उम्मेदवार विक्रम पाण्डेले आफूले मंसिर २१ गते हुने निर्वाचन जितेमा देशको प्रधानमन्त्री हुने दाबी गरेका छन्‘मैले चुनाव जितेमा यो मुलुकको प्रधानमन्त्री हुने हो, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष होइन’, उनले भने। लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भूसंरक्षणमन्त्री पाण्डेले वाम उम्मेदवार पुष्पकमल दाहाललाई पराजित गर्ने उद्घोषसमेत गरेमन्त्री पाण्डेले भने, ‘दाहाल मेरो चुनावी प्रतिस्पर्धी होइनन्। मेरो प्रतिस्पर्धी मै हुँ।’ बाँदरमुढे घटना र भरतपुर महानगरपालिकाले दाहाललाई पराजित गराउने पाण्डेको दाबी छदाहाल महानगरको चुनावमा कांग्रेस र संसद्को चुनावमा एमालेलाई छक्याउँदै चुनाव जित्ने रणनीतिमा लागे पनि सफल नहुने दाबी पाण्डेले गरेएमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्दा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउँदासम्म वामपन्थीको सरकार १५ वर्षसम्म भन्दै डुक्रेको ६ महिनामै दाहालले कांग्रेससँग सत्ता समीकरण गरी ओली सरकार ढालेको इतिहास ताजै रहेको स्मरण पनि गरेमुलुकको राजनीतिक अस्थिरताको जड माओवादी केन्द्र र त्यसको अध्यक्ष पुष्पकमल दाहाल भएको पाण्डेको ठम्याइ छ। १० बर्से जनयुद्ध वा अहिलेको शान्तिप्रक्रिया जेलाई हेरे पनि माओवादी मुलुकका लागि अभिशाप रहेको मन्त्री पाण्डले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया