काठमाडौँ, १७ मङ्सिर- प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन । विस्फोट र बम रहेको हल्ला फैलाउने समुहलाई ‘निर्वाचन विरोधी तत्व’ का रुपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले संत्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक गरिएको छैन शनिबार गृह मन्त्रालयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित केन्द्रिय कमाण्ड पोस्टको बैठक बस्यो । बैठक लगत्तै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले विस्फोट गराउने समुहको पहिचान भइसकेको बताए पनि त्यस्तो समूहबारे खुलासा गरेनन । ‘कुन समुहले, कुन झण्डा र ब्यानरमा विस्फोटलगायतका गतिविधी गर्यो भन्दा पनि कसले गर्यो भन्ने महत्वपुर्ण कुरा हो’, उनले भने उच्च सुरक्षा अधिकारीका अनुसार गृहले विस्फोटका घटनालाई सामुहिक कामको उपज भन्दा पनि व्यक्ती केन्द्रित घटनाका रुपमा हेर्न सुरक्षा निकायलाई सुझाइरहेको छ । ती अधिकारीले विप्लव माओवादीलाई हेर्ने गृहको स्पष्ट नीतिको अभावमा विस्फोटका घटना भइरहेको बताए, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया