दाङ्ग, १५ मंसिर — दाङ्ग क्षेत्र नं ३ वाट लोकतान्त्रीक गठवन्धनका साझा उम्मेद्वार तथा कांग्रेस नेता दिपक गिरीले आफ्नो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट केपी शर्मा ओली नै चुनाव लड्न आएपनि पराजित गरिदिने दाबी गरेका छन् शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले दाङ्गको लागि मात्रै नभएर समग्र विकासको लागि विकासका लहर नै ल्याएको उल्लेख गरे उनले भने,“म वीपीको एउटा चेलो भएकोले मैले दाङ्गको जनजीवन बुझेको छु। ९ महिना मन्त्री भएँ, सिँचाईमात्रै नभएर बाटाघाटाहरु बनेका छन्, बृहत्त सिचाई परियोजना, तटबन्ध बनाउनको लागि, पिउनेपानीको योजना बनाईरहको छु, दुनही विमानस्थल बनाउने, ५ नम्बर प्रदेशको राजधानी दाङ्गलाई बनाउने, उच्च अदालत दा दाङ्गमा आयो त्यसैले प्रदेशको राजधानी यहीँ बन्छ।”उनले दागमा सबै पूर्वाधारहरु छन्, हुनुपर्छ, पानीको अनुकुलता, भुगोलको आधारमा यहाँ हुनुपर्छ, विष्णुप्रसाद पोडेलेको भनेर केही हुँदैन, जसरी उच्च अदालत आयो, त्यसैगरि ५ नम्बर प्रदेशको राजधानी पनि यहीँ हुन्छ । मुख्यमन्त्री पनि नेपाली कांग्रेसकै नेता बन्नुहुन्छ । तिक्ष्ण बुद्धि भएको नेता मुख्यमन्त्री बन्नुहुन्छ, डिल्ली चौधरीपनि हुन सक्छ । संभावना छ ।”यस्तै उनले अहिले देशव्यापी रुपमा कांग्रेसको लहर भएको बताउँदै भने,“पाँच नम्बर प्रदशेमा पनि हाम्रो पार्टीको पक्षमा व्यापक जनलहर छ । लोकतन्त्रवादीहरुको पक्षमा जनमत आउँछ, नतिजाले त्यो देखाउँछ।”उनले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई वाम गठबन्धन नभएर कम्युनिष्ट गठबन्धनको संज्ञा दिए उनले आफूसँग चुनाव लड्नको लागि बाम गठबन्धनका नेताद्धय कृष्णबहादुर महरा र शंकर पोखरेल आउन नसकेको आरोप लगाए । गिरीले थपे,“महरापनि आउन चाहनुभएन, शंकर पोखरेल पनि आउनुभएन, उहाँहरु डराउनुभयो, मसँग चुनाव लड्न डराउनुभएकै हो।”दिपक गिरीलाई काम गरेन भनेर कसले भनेको छ ? भन्दै उनी जँगीएका थिए । उनले भने,“म बजेटभन्दा पछिको मन्त्री हुँ, ९ महिना कार्यकालमा धेरै काम गरेको छु । विकासको लहर सुरु भयो, दंगाली जनतालाई म दुई हात जोडेर भन्छु कि तपाईहरुको खानेपानीको समस्या छ, शुद्ध खानेपानीको व्यवस्था गर्छु । सिँचाई पुर्याउने र शुद्धपानी पिलाउँछु ।” त्यस्तै उनले आफ्नै पहलमा पुलपुलै निर्माण भएका पनि जनाए । उनले थपे,“अर्बोको पुल बन्दैछन्। यी सबै मेरा पहलमा भएका छन् । तुलसीपुर सुर्खेत बाटो केन्द्रिय बाटोमा पारें । मैले धेरै काम गरेको छु। कार्यान्वयन अन्तिम चरणमा पुगेका छन् ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया