रुकुम, १५ मंसिर । पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते स्थगित भएको पश्चिम रुकुमका २ मतदान केन्द्रमा आज मतदान भइरहेको छ पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक–एक मतदान केन्द्रमा आज पुनः मतदान भएको हो रुकुमका दुवै मतदान केन्द्रमा आज (शुक्रबार) बिहान ७ बजेबाट शान्तिपूर्ण मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी राजेन्द्र धमलाले बताए त्यस्तै, बाँफिकोटमा ६७२ र आठविसकोटमा ७५६ मतदाता रहेका छन् गत मंसिर १० गते भएको निर्वाचनका क्रमममा मतपेटिकामा एसिड हालेपछि मतपत्र जलेको थियो । र त्यस लगत्तै मतदान स्थगित गरिएको थियो मतपेटिकामा एसिड हालेको आशंकामा रुकुम प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबिसकोटबाट केशव खड्कालाई नियन्त्रणमा लिइ अनुसन्धान थालिरहेको छ केशव खड्का कांग्रेस कार्यकर्ता हुने उनी मतदान केन्द्रमा कांग्रेसको प्रतिनिधिको रुपमा खटिएका थिए त्यस्तै, बाँफीकोटको रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा र आठबिसकोटको नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदान भइरहेको रुकुम पश्चिमको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया