काठमाडौँ, १५ मङ्सिर- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ वेबसाइट अद्यावधिक गरे-नगरेको, सरकारले गरेका निर्णय-सूचनालगायत अपलोड गरे–नगरेको, आय–व्ययको विवरण, विद्युतीय सेवा प्रवाहलगायत आधारमा ती वेबसाइटलाई मन्त्रालयले स्तरीकृत (र्यांकिङ) गर्नेछ । ‘यसले स्थानीय सरकारपिच्छे फरक ढाँचा हुनबाट बचाएको छ, उत्तरदायी र पारदर्शिता वृद्धि गर्नुको साथै सूचना प्रवाहमा हुने फरकपनालाई अन्त्य गर्नेछ,’ मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने । स्तरीकृतपछि कुनै सूचनासहित स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने सेवा–सुविधालगायतका विषय अद्यावधिक गर्न स्थानीय सरकार प्रोत्साहन हुने मन्त्रालयको भनाइ छ, नयाँ पत्रिकामा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया