काठमाडौँ, १५ मङ्सिर- बिलको विवादमा कमलादीको डान्सबारमा गोली चलाउने दुईजना भारतीय जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई बिहीबार जेल चलानको आदेश दिएको हो १५ कात्तिकमा पक्राउ परेका जसवीर सिंह र हरदेवेन्द्र सिंहलाई ज्यान मार्ने उद्योग मुद्दामा पुपक्र्षका लागि जेल चलानको आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेलबहादुर पाण्डेले बताए कमलादीको हेरिटेज प्लाजामा रहेको ‘ज्याक डेनियसल्स रेस्ट्रो बुथ डान्सबार’का कर्मचारीलाई ज्यान मार्ने उद्देश्यले गोली चलाएको अभियोग प्रहरीले लगाएको थियो । उनीहरूमाथि जिल्ला प्रशासन कार्यालयमा प्रहरीले हातहतियार मुद्दा पनि चलाउने भएको छ । धेरै बिल उठेपछि डान्सबारमा विवाद हुँदा उनीहरूले गोली हानेका थिए । गोली हानेर गाडीमा भाग्ने क्रममा कमलादीको गणेशस्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया