धनुषाको मतदातालाई आफ्नो पक्षमा पार्न महतोको यस्तो छ दैनिकी

धनुषा, १४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालबाट धनुषा क्षेत्र नं. ३ का उम्मेदवार राजेन्द्र महतोको दिनचरियामा परिवर्तन आएको छ । हिजो आज उनि बिहानै देखि कार्यकर्ता भेटघाटदेखि चुनावी प्रसारप्रसारमा मतदाताको घर–घर पुग्ने गरेका छन् दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नं. ३को चुनावको बारेमा अहिले देशभर चर्चा भइरहेको छ । महतोका चुनावी प्रतिचस्पर्धी कांग्रेस नेता विमलेन्द्र निधी भने एक साताभन्दा लामो काठमाडौंमा उपचार गराएर फर्किदा महतोले आफ्नो चुनावी प्रसारलाई तिव्रता दिएका थिए त्यस्तै, उपचार पछि निधी जनकपुर पुग्दै गर्दा महतो भने निधीकै गाउँ नगराइनतर्फ घरदौलो गर्न जाँदै थिए महतोले घरदैलो कार्यक्रममा एकै दिन आफ्नो निजर्वाचन क्षेत्रका दुई गाउँपालिका र एउटा नगरपालिकाका वडाका साथै टोल–टोलसम्म पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए अहिलेको निर्वाचनमा राजपा नेता महतोको मतदातासँग मत मग्ने योजना नै फरक सैलिको रहेको थियो । उनको मत माग्ने सैलि यस्तो थियो, ‘एउटा वडामा छुट्टा –छुट्टै टोलका मानिसहरु भेला गर्न लगाउने । महतो कहि गाडीको माध्यमबाट त कतै पैदल नै पुग्ने र मतदातालाई आफ्ना प्रतिस्पर्धी निधीले मधेशविरोधी गरेका काम (उनकै बोलीमा अत्याचार) को विवरण बुँदागत रुपमा सुनाउने गरेका छन् त्यस्तै, महतोले मतदाता समक्ष आफ्नो कुरा भनिसकेपछि उनले मैथिली भाषामा नै मतदातासँग सोध्ने गर्छन् ‘यी मधेश विरोधी अत्याचारीको भोट दैबै कि नही देबै ? अप्पन लोग विधि क शासन चाहतै कि निधी के शासन ? मधेशीक भोट लेल मधेशीके हत्या करलवालाको भोट देबै ?’त्यहाँ उपस्थित मतदाताबाट नाही भन्ने आवाज आएपछि महतोले मतदातालाई आफूसँगै नारा लगाउन आग्रह गर्छन् ? जोर से बोलु… जय मधेश । छाता छाप जिन्दावाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?