भद्रपुर, १४ मंसिर । नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले निर्वाचनको समयमा आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग संवाद समूहमा बुधबार भएको छलफलमा मोर्चाका केन्द्रीय पदाधिकारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् उनहरुले आफ्ना विचार र कार्यक्रमलाई शान्तिपूर्ण बाटोबाट जनतासमक्ष पु¥याउने जनाएका छन् । ‘मोर्चाको कार्यक्रम, निर्वाचन र शान्ति–सुरक्षाको सवाल’ बारे भएको छलफलमा चार बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ निर्वाचन रोक्न माग गरेको र विरोधी गतिविधि गरेको आरोपमा अघिल्लो साता मोर्चाका केन्द्रीय नेता बिर्तामोडबाट पक्राउ परेका थिए । छलफलमा मोर्चाका नेताले आफूहरु निर्वाचन विरोधी नभएको, निर्वाचन बिथोल्ने कुनै गतिविधि नगरेको र नगर्ने प्रतिबद्धतासमेत जनाएका छन् । झापाका अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिले जनभावनाको कदर गर्न र संविधानले दिएको अधिकार उपयोग गरी शान्तिपूर्ण ढंगबाट आफ्ना गतिविधि बढाउन सुझाव पनि दिए संवाद समूह झापाले संयोजन गरेको छलफलमा मुलुकको आवश्यकता, मोर्चाका जायज माग सम्बोधनका लागि सरकार, राजनीतिक दल तथा सरोकारवाला सबैको ध्यानकर्षण गराउने समेत सहमति भएको छ त्यस्तै पछिल्लो समय विभिन्न पक्षबाट शान्ति सुरक्षा खल्बल्याउन बम विस्फोट गराउनेलगायतका गतिविधि भइरहेको भन्दै मोर्चाका नेतासहित छलफलमा सहभागीले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् प्रतिबद्धता तथा सहमतिमा मोर्चाका केन्द्रीय संयोजक रामचन्द्र क्षेत्री बानियाँ, संगठन विभाग प्रमुख महेन्द्र शर्मा, केन्द्रीय सदस्य सुरेन्द्र कार्की र झापा जिल्ला अध्यक्ष कृष्ण चुडालले हस्ताक्षर गरेका छन् मोर्चाका नेताले ३७ जिल्लामा आफ्नो संगठन विस्तार भएको जनाउँदै मोर्चा शान्तिको पक्षमा रहेको बताएका छन् । छलफलको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया