जेलबाटै भोट प्रभावित

जनकपुरधाम, १४ मङ्सिर – जेलमा रहेका अभियुक्तको अन्तर्वार्ता रेडियोमा प्रसारण हुने सूचनाले मंगलबार बिहानैदेखि सहरमा तरंग आएको थियो। अन्तर्वार्ताकार पत्रकार अजय अनुरागीले बिहानै फेसबुक स्टाटसमार्फत साँझ ७ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी दिएलगत्तै उनको मोबाइलमा एकपछि अर्को कल आउन थाल्यो। उनलाई फोन गर्ने राजपा समर्थक कोही प्रसारण नगरिदिन अनुरोध गरिरहेका थिए त कोही जेलमा रहेका बन्दीको अन्तर्वार्ता लिन र प्रसारण गर्न नपाइने दाबी गरिरहेका थिए। अनुरागीचाहिँ जेलरलाई निवेदन दिएर बन्दीसँग अन्तर्वार्ता लिएको र कैदी, बन्दी प्रेसमार्फत आफ्नो कुरा सार्वजनिक गर्न स्वतन्त्र रहेको जिकिर गरिरहेका थिएबन्दीको समर्थन पाएको कांग्रेस पनि ढुक्क थिएन। बन्दीले बोलेका कुराले नकारात्मक प्रभाव पार्ने त हैन भनेर संशकित कांग्रेस समर्थक उनले के के बोले भन्ने कुरा अन्तर्वार्ताअघि नै जान्न चाहन्थ्यो। काठमाडौंमै रहेका उम्मेदवार विमलेन्द्र निधिले पनि केही पत्रकारलाई फोन गरी अन्तर्वार्तामा के के भनेका छन्, भनेर बुझ्न खोजेका थिएअन्तर्वार्ता प्रसारण हुने कुराले मात्र यस क्षेत्रको चुनावी माहोलमा तरंग ल्याउन सक्ने बन्दी सञ्जय साह हुन्, जो ०६४ र ०७० सालको संविधानसभामा जनकपुर सहर पर्ने क्षेत्रबाट निर्वाचित भएका थिए। अन्तर्वार्ता प्रसारण हुने समय (साँझ ७) भन्दा आधा घन्टाअघि नै साहका समर्थक गाडीमा ठुल्ठूला स्पिकरसहित सहरका प्रमुख चोकमा भेला भइसकेका थिए। स्पिकरमार्फत परसम्म सुनिने गरी अन्तर्वार्ता सुनाइएको थियोडिल्लीबजार जेलमा रहँदा साह निधिको पक्षमा सक्रिय भएका थिए। र, उनले भोटमा पार्नसक्ने प्रभावबारे चर्चा सुरु भएको थियो। बिहीबार काठमाडौंबाट सिरहा कारागार ल्याएपछि उनका समर्थकले राजपा उम्मेदवार राजेन्द्र महतोविरुद्ध प्रचारबाजी सुरु गरिसकेका थिए। सरुवा भई केही दिनअघि सिरहा जेलमा आएपछि धनुषा ३ को चुनावी दंगलमा साहको चर्चा चुलिएको छ। साहका समर्थक जनकपुरबाट ३ घन्टा यात्रा गर्नुपर्ने सिरहा पुगेर उनको निर्देशन लिइरहेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?