भक्तपुर, १३ मंसिर- व्यापारीसँग रु पाँच लाख चन्दा माग्दै गर्दा प्रहरीले भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट नेपाल कम्युनिष्ट पार्टीका(विप्लव) एक नेतालाई पक्राउ गरेको छ नेकपा भक्तपुर जिल्लास्तरीय नेता सिन्धुपाल्चोकका डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ प्रहरीले भक्तपुरमा पछिल्लो समयमा बम विस्फोटका घटना बढेपछि नेकपाका नेता कार्यकर्ताको व्यापक खोजी गरिरहेको जानकारी दिएको छ प्रहरीले यही मंसिर ९ गते चाँगुनारायण नगरपालिकाका नेपाली काँग्रेसका क्षेत्र नं १ को (क) का उम्मेदवार जीवन खत्रीको घरलाई लक्षित गरी बम विस्फोट गराउन प्रयोग भएको आशंकामा एक वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ प्रेसर कुकर बम विस्फोट गराएर भाग्दै गर्दा केही स्थानीयले रोक्ने प्रयास गर्दा मोटरसाइकल छाडेर भागेको आशंकामा प्रहरीले बेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल नियन्त्रणमा लिएको हो । मोटसाइकलबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ९ गते एकै समयमा चाँगुनारायण र मध्यपुरथिमिमा क्षेत्र नं २ प्रदेश (ख) का काँग्रेसका उम्मेदवार गणेशमान चक्रधरको घरलाई लक्षित गरी बम विस्फोट गराएपनि अझै कसैलाई पक्राउ गर्न सकेको छैन मंगलबार राति मात्रै सूर्यविनायक नगरपालिका–२ बालकोटमा नेपाली काँग्रेसबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वसभामुख दमननाथ ढुंगाना बस्दै आउनु भएको रोज भिलेजबाट करिब १०० मिटर पर बम विस्फोट भएको थियो महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले विस्फोट गराउने व्यक्तिको खोजी भइरहेको बताउनुभयो प्रहरीले चुनाव नजिकिँदै गर्दा पनि सुरक्षा संयन्त्रलाई बलियो बनाएर परिचालन गर्न नसक्दा भक्तपुर जस्तो सानो जिल्लामा पनि सुरक्षा चुनौती बढ्दै गएको दलका नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया