पहिलो चरणका सबै मतपेटिका सदरमुकाममा सङ्कलन

काठमाडौँ, १३ मङ्सिर । पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको छ निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, कूल २ हजार ९१७ मतदानस्थलका सबै मतपेटिकाहरू आज बिहान ११ः१५ मा सम्बन्धित जिल्लाको सदरमुकाममा पु¥याएको छ डोल्पाका से–फोक्सुन्डो र थार्का ताङसोङ्कामा मतदान स्थलका मतपेटिकाहरु आज हेलिकोप्टरबाट सदरमुकाम ल्याइएका हुन् । दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?