काठमाडौं– वाम गठबन्धनको सभास्थल नजिकै ललितपुरको लगनखेलमा मंगलबार दिउँसो बम विस्फोट भएको छ । सो सभामा एमाले अध्यक्षे केपी शर्मा ओली सहभागि थिए विस्फोटबाट मानवीय क्षति भएको छैन । बम विस्फोटबाट नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालयको ७ वटा झ्यालको सिसा फुटेको छ । विस्फोटको आवाजले सर्वसाधारण आतंकित बनेका छन् लखनखेल बसपार्क नजिक आयोजना गरिएको सभाको प्रमुख वक्ता एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बम विस्फोट भएको प्रहरीले जनाएको छ बम पड्किएपछि आक्रोशित हुँदै एमाले अध्यक्ष ओलीले निर्वाचनको विरोध गरेर विनाशको बाटोमा नलाग्न नेकपा लगायतलाई चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया