बाबुरामका विश्वास पात्रले छाडे पार्टी (विज्ञप्तिसहित)

काठमाडौं, १२ मंसिर – बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य एवम् सुरक्षा तथा अनुसन्धान विभाग प्रमुख गणेश राईले पार्टी परित्यागको घोषणा गरेका छन् । उनी भट्टराईको विश्वासपात्र मध्येका एक थिए उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् नेपाल प्रहरीको पूर्व एआईजीसमेत रहेका उनले नयाँशक्ति पार्टीमा विधिको शासन हुनु पर्छ, नेताहरुपनि प्रणालीमा चल्नुपर्छ, अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न नसकेपछि राजनीतिबाट हुने निर्णय लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ‘नेपाल प्रहरीजस्तो अनुशासित संगठनको सदस्यको हैसियतले आर्जन गरेको शीप र ज्ञानलाई नयाँ सोच तथा दृष्टिकोण भएको राजनीतिक दल मार्फत नयाँ भूमिकामा मुलुकको सेवा गर्ने मेरो लक्ष र परम्परागत राजनीतिक दलहरुले भन्दा नयाँ शक्ति पार्टीले अत्यन्त नयाँ सोच, नयाँ शैली, पारदर्शी, समानता तथा सहभागीतामूलक ढंंगबाट देशको राजनीतिलाई परिवर्तनको नयाँ युगमा डो¥याएर लैजान सक्छ भन्ने मेरो दृढ विश्वास थियो’, विज्ञप्तिमा भनिएको छ, ‘ तर अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ ।३० वर्षसम्म कठोर अनुशासन तथा पद्धतीमा बसेर काम गर्ने बानी परेको मलाई विधि पालना गर्न नपर्ने, नेताको मुखको बोलीका आधारमा चल्ने राजनीतिक संगठनमा कामगर्न सहज महसुस भएन ।’यद्यपी उनले नयाँ शक्ति पार्टीबाट अलग भए पनि आगामी दिनमा प्रहरीमा आर्जन गरेको शीप र ज्ञानलाई सार्वजनिक जीवनमा क्रियाशील रहेर राष्ट्र निर्माणमा योगदान पु¥याउने अठोट लिएको बताएका छन्

प्रेस विज्ञप्ति

२०७४ मंसिर १२ गतेआदरणीय सञ्चारकर्मी मित्रहरु,सर्वप्रथम नेपाल प्रहरीमा रहँदाको ३० वर्षे कार्यकाल र नयाँशक्ति नेपाल पार्टी सँगको करिब २ वर्षको आवद्धताको क्रममा छापा, रेडियो, टेलिभिजन, अनलाइनलगायत विभिन्न आमसञ्चार माध्यम र सञ्चारकर्मी मित्रहरुबाट पाएको साथ–सहयोग, सदभाव र शुभेच्छाको लागिहार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु २०७२ माघ १० गते नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजीपी) बाट अवकास पाएको केहीदिनपछि नै मेरो आवद्धता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित नयाँ शक्ति पार्टीसँग रहनपुग्यो नेपाल प्रहरी जस्तो अनुशासित संगठनको सदस्यको हैसियतले आर्जन गरेको शीप र ज्ञानलाई नयाँ सोच तथा दृष्टिकोण भएको राजनीतिक दल मार्फत नयाँ भूमिकामा मुलुकको सेवा गर्ने मेरो लक्ष र परम्परागत राजनीतिक दलहरुले भन्दा नयाँ शक्ति पार्टीले अत्यन्त नयाँ सोच, नयाँ शैली, पारदर्शी, समानता तथा सहभागीतामूलक ढंंगबाट देशको राजनीतिलाई परिवर्तनको नयाँ युगमा डो¥याएर लैजान सक्छ भन्ने मेरो दृढ विश्वास थियो । तर अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ ।३० वर्षसम्म कठोर अनुशासन तथा पद्धतीमा बसेर काम गर्ने बानी परेको मलाई विधि पालना गर्न नपर्ने, नेताको मुखको बोलीका आधारमा चल्ने राजनीतिक संगठनमा कामगर्न सहज महसुस भएन । नयाँशक्ति पार्टीमा विधिको शासन हुनु पर्छ, नेताहरुपनि प्रणालीमा चल्नुपर्छ । अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जतिगर्दापनि स्थापित गर्न सकिएन । त्यसैले मैले आफूलाई राजनीतिबाट अलग राख्ने निर्णय लिएको छु यही निष्कर्षका साथ आजबाट नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी सदस्य, सुरक्षा तथा अनुसन्धान विभाग प्रमुख सहित साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको छु । अब यस पार्टीसँग मेरो कुनै आवद्धता, संलग्नता र सहभागीता नरहने व्यहोरा यही प्रेस विज्ञप्ति मार्फत अवगत गराउन चाहन्छु नयाँ शक्ति पार्टीबाट अलग भए पनि आगामी दिनमा नेपाल प्रहरी जस्तो अनुशासित फौजमा रहेर आर्जन गरेको शीप र ज्ञानलाई सार्वजनिक जीवनमा क्रियाशील रहेर राष्ट्र निर्माणमा योगदान पु¥याउने मेरो सोच रहेको छ । आमसञ्चार माध्यम, सञ्चारकर्मी मित्रहरु तथा आम नेपाली दाजुभाई–दिदिबहिनीबाट विगतमा पाएको साथ–सहयोग र सदभाव आगामी दिनमा समेत रहने अपेक्षा लिएको छु धन्यवाद, जय नेपाल गणेशराज राईपूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी)सम्पर्कः ९८५११४४९९९इमेलः [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?