देउवा समूहको अफर : कांग्रेसबाट जितेका जनप्रतिनिधिहरु स्वतः महाधिवेशन प्रतिनिधि

लोकपथ
154
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीबाट जितेका स्थानीय जनप्रतिनिधिहरुलाई समेत स्वतः महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।

मंसिरको तेस्रो साताबाट महाधिवेशन गर्ने तयारीमा रहेको देउवा समूहले तल्लो तहका अधिवेशन गरिरहेको छ । सोही सन्दर्भमा निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतलाई परिपत्र गर्दै महाधिवेशन प्रतिनिधि थप गर्न भनेको हो ।

निर्वाचत समितिले स्थानीय तहका जनप्रतिनिधि जसमा प्रमुख र उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य समेत स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् ।

‘प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत स्थानीय तहका नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका, नगर, उपमहानगरपालिका र महानगरपालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनुभएका जनप्रतिनिधिहरु आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः महाधिवेशन प्रतिनिधि हुने भन्ने गर्ने निर्णय भएको हुँदा सोही बमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु,’ परिपत्रमा भनिएको छ ।

नेपाली कांग्रेसको देउवा समूहले आगामी मंसिर २१ गतेबाट केन्द्रीय महाधिवेशन गर्दैछ । कांग्रेसभित्रको विवादका संस्थापन समूहले महाधिवेशन सम्पन्न गरिसक्दा देउवा समूहले भने छुट्टै महाधिवेशन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?