काठमाडौं । ओमोडा जेइकू नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणमा ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा जोडिएको छ ।
नेपालका लागि ओमोडा जेइकूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यलाई निरन्तरता दिँदै यस वर्ष प्रायोजनको भूमिका विस्तार गरेको हो ।
कम्पनी सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै ‘ड्रिभन बाइ’ साझेदारका रूपमा जोडिँदै आएको छ । यस वर्ष भने कम्पनीले प्रतियोगितामा आफ्नो प्रायोजनको भूमिका थप विस्तार गरेको जनाएको छ ।
ओमोडा जेइकूले नेपाली क्रिकेटप्रतिको समर्थन र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले क्यानसँगको सहकार्यलाई निरन्तरता दिएको बताएको छ ।
कम्पनीले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्न ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित खेलाडीलाई गाडी प्रदान गर्दै आएको छ । यस पहलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको प्रतिभा र योगदानलाई सम्मान गर्ने कम्पनीको भनाइ छ ।
एनपीएलको तेस्रो संस्करण नजिकिँदै गर्दा क्यानसँगको सहकार्यले प्रतियोगितामा थप उत्साह ल्याउनुका साथै ओमोडा जेइकू र नेपाली क्रिकेटप्रेमीबीचको सम्बन्ध अझ बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया