रास्वपाले कसरी छान्दैछ स्थानीय तहको उम्मेदवार ? तयार पार्‍यो छनोट रुपरेखा [पूर्णपाठ]

लोकपथ
203
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रुपरेखा तयार पारेको छ ।

आसन्न स्थानीय तह निर्वाचनका लागि वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक उम्मेदवार छनोटका लागि रुपरेखा तयार पारिएको बताइएको छ ।
 
सम्बन्धित निर्वाचन क्षेत्रको जनअपेक्षा सम्बोधन गर्न सक्ने, स्थानीय आवश्यकतालाई राष्ट्रिय दृष्टिसँग जोड्न सक्ने र राष्ट्रिय नेतृत्वसँग प्रभावकारी सहकार्य गर्न सक्ने सक्षम नेतृत्वको पहिचान, मूल्याङ्कन तथा सिफारिस गर्नु यसको मुख्य उदेश्य रहेको बताइएको छ ।

‘स्थानीय निर्वाचनका लागि वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक उम्मेदवार छनोटको रूपरेखा तयार पारेको छ । यस विधिको मूल उद्देश्य पार्टीका मूल्य(मान्यता, सिद्धान्त, आदर्श र सार्वजनिक प्रतिबद्धतालाई केन्द्रमा राख्दै सम्बन्धित निर्वाचन क्षेत्रको जनअपेक्षा सम्बोधन गर्न सक्ने, स्थानीय आवश्यकतालाई राष्ट्रिय दृष्टिसँग जोड्न सक्ने र राष्ट्रिय नेतृत्वसँग प्रभावकारी सहकार्य गर्न सक्ने सक्षम नेतृत्वको पहिचान, मूल्याङ्कन तथा सिफारिस गर्नु हो,’ उनले भनेका छन् ।
 
नेपालमा राजनीतिमा सबैभन्दा धेरै दुरुपयोग भएको र विकृत बनेको क्षेत्रमध्ये एक निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया रहेको ठहर गर्दै रास्वपाले त्यसलाई परिवर्तन गर्न चाहेको बताएको छ ।

रास्वपाले उम्मेदवार छनोट रुपरेखाका उदेश्यहरु समेत स्पष्ट पारेको छ ।

वैज्ञानिक र वस्तुपरक छनोट प्रणालीको स्थापना गर्ने, पूर्ण दस्तावेजीकरण र पारदर्शिता सुनिश्चित गर्ने, नेतृत्व विकास र अनिवार्य पूर्व तयारी संस्थागत गर्ने, स्थानीय आवश्यक्ता र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित नेतृत्व पहिचान गर्ने र आन्तरिक लोकतन्त्र सुदृढीकरण गर्ने लगायतका उदेश्यहरु रहेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?