काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्रीको खुलातर्फ ५ हजार ८९ मतगणना गर्दा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै गरेका छन् ।
दुई सिटका लागि भइरहेको प्रतिस्पर्धामा खतिवडाले २ हजार १७८ पाउँदा उनलाई सिवाकोटीले १ हजार ५५६ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा डिल्लीराम सुवेदी छन् । उनले १ हजार २९४ मत पाएका छन् ।
यसैगरी, देवेन्द्रराज कँडेलले १०१२, राजिव ढुंगानाले ९०१, विकास कोइरालाले ८१५, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया