सिटिजन्स बैंकद्वारा जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण

लोकपथ
42
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ ।

बैंकको जुम्ला शाखामार्फत कर्णाली प्रदेशको पातारासी गाउँपालिका–७, रिनीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकले विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरेको जनाएको छ ।

ग्रामीण क्षेत्रका विपन्न परिवारका विद्यार्थीलाई जाडोयाममा विद्यालय आउन सहज बनाउने उद्देश्यले स्वेटर वितरण गरिएको बैंकले जनाएको छ । यस पहलले ग्रामीण क्षेत्रका विद्यालयको शैक्षिक गतिविधिमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो ।

त्यसैगरी, बैंकले युवा पुस्तालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?