काठमाडौं । नेपालका लागि जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ ।
कम्पनीले ‘जेसीबी शुभारम्भ’ कार्यक्रमअन्तर्गत विभिन्न मोडेलका मेसिन हस्तान्तरण गरेको हो । घटस्थापनाको परम्पराअनुसार मेसिनको पूजा गरी टीका र माला अर्पण गरेपछि ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा ग्राहकका परिवारका सदस्य तथा कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।
हस्तान्तरण गरिएका मेसिनमा जेसीबी ३डीएक्स ब्याकहो लोडर, एक्साभेटर र एग्रिम्याक्सलगायत मोडेल रहेका छन् । कम्पनीका अनुसार यी मेसिन विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण तथा कृषि क्षेत्रमा प्रयोग हुनेछन् ।
एमएडब्ल्यू अर्थमुभर्सका प्रमुख सञ्चालन अधिकृत दुर्गाप्रसाद निरौलाले घटस्थापनाको दिन नयाँ मेसिन हस्तान्तरण गर्नु ग्राहकका व्यवसाय र परिवारका लागि नयाँ सुरुआत भएको बताए । उनले कम्पनीप्रति विश्वास गर्ने ग्राहकलाई धन्यवादसमेत दिए ।
एमएडब्ल्यू अर्थमुभर्सले नेपालमा २४ वर्षभन्दा बढी समयदेखि जेसीबीका मेसिन तथा सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले देशभरका सेवा सञ्जालमार्फत १२ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया