अर्थ मन्त्रालयअन्तर्गत राजस्व समूहका ८५ उपसचिवको सरुवा [सूचीसहित]

लोकपथ
119
Shares

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका ८५ जना उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ ।

मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार आन्तरिक राजस्व विभाग, भन्सार विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा देशभरका विभिन्न आन्तरिक राजस्व र भन्सार कार्यालयमा कार्यरत उपसचिवहरूको सरुवा गरिएको हो । यससम्बन्धी निर्णय भने मन्त्रालयले असोज २३ गते गरेको थियो ।

सरुवाअन्तर्गत विभिन्न ठूला करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा भन्सार कार्यालयका प्रमुखका रूपमा कार्यरत करिब १५ जना उपसचिवलाई अर्थ मन्त्रालयको केन्द्रीय निकायमा सरुवा तथा पदस्थापना गरिएको छ ।

त्यस्तै, आन्तरिक राजस्व विभागमा नौ जना उपसचिवलाई निर्देशकको जिम्मेवारी दिइएको छ भने भन्सार विभागमा चार जना उपसचिवलाई निर्देशकका रूपमा सरुवा गरिएको छ ।

यसैगरी, ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयहरूमा पनि प्रमुख कर अधिकृतहरू परिवर्तन भएका छन् । मन्त्रालयको यस निर्णयसँगै राजस्व प्रशासनअन्तर्गतका विभिन्न निकायमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?