महाधिवेशनको प्रतिस्पर्धालाई हारजितका रूपमा लिनु हुँदैन : उदयशम्शेर राणा

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित उदयशम्शेर राणाले पार्टीलाई एकताबद्ध बनाएर आगामी स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, क्रियाशील सदस्य, शुभचिन्तक तथा सञ्चारकर्मीलाई धन्यवाद दिँदै राणाले महाधिवेशन नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीका नयाँ नीति तथा कार्यक्रम तय गर्ने अवसर पनि भएको बताए ।

उनले महाधिवेशनमा भएको प्रतिस्पर्धालाई आन्तरिक र मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताए । निर्वाचित नेताहरूले थप जिम्मेवारी पाएको उल्लेख गर्दै उनले यसलाई कसैको जित र कसैको हारका रूपमा बुझ्न नहुने धारणा राखे ।

निर्वाचनमा कम मत ल्याएका नेताहरूलाई समेत समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । सबैलाई साथमा लिएर पार्टीलाई एकताबद्ध बनाउँदै आगामी स्थानीय निर्वाचनको तयारीमा लाग्नुपर्ने राणाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?