काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षमा २ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १२.८९ प्रतिशतले बढेको हो ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ थियो ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १८ रुपैयाँ ४ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा रहेको छ ।
बैंकले गत आर्थिक वर्षसम्म २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै, बैंकबाट प्रवाह भएको कर्जा तथा सापटी १ खर्ब ४६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानीमा पनि सामान्य सुधार देखिएको छ । अघिल्लो वर्ष ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
तर, बैंकको खराब कर्जा (एनपीएल) भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा २.३५ प्रतिशत रहेको एनपीएल गत आर्थिक वर्षको अन्त्यसम्ममा बढेर २.९२ प्रतिशत पुगेको हो ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी भने ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया