९४.५ मेगावाटको लाङटाङ जलविद्युत आयोजनालाई नेपाल बैंकले सहुलियत कर्जा दिने

लोकपथ
28
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इन्जिनियरिङ लिमिटेडबीच लघु जलविद्युत आयोजना निर्माणका लागि वित्तीय सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार चितवन इन्जिनियरिङले प्रवर्द्धन गरेको लाङटाङ लघु जलविद्युत आयोजना (९४.५ मेगावाट) निर्माण तथा सञ्चालनका लागि नेपाल बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र चितवन इन्जिनियरिङका सञ्चालक नरेश शाही मिर्चैयाले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले आयोजनाको वित्तीय व्यवस्थापनका लागि बैंकसँग सहकार्य गरेकोमा चितवन इन्जिनियरिङलाई धन्यवाद दिए । उनले आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

चितवन इन्जिनियरिङका सञ्चालक मिर्चैयाले आयोजनाका लागि आवश्यक वित्तीय सहयोग उपलब्ध गराएकोमा नेपाल बैंकलाई धन्यवाद दिँदै तोकिएको समयभित्र आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

सम्झौतासँगै निजी क्षेत्रको जलविद्युतमा लगानी बढाउन र ऊर्जा विकासमा बैंक तथा वित्तीय संस्थाको भूमिका थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?