महालक्ष्मी विकास बैंकद्वारा ‘शिशु स्याहार कक्ष र डे केयर’ सञ्चालन

लोकपथ
7
Shares

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीहरूको मातृत्वमैत्री कार्य वातावरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे–केयर सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार स्तनपान गराइरहेका महिला कर्मचारीहरूलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो ।

बिहीबार आयोजित कार्यक्रममा महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले शिशु स्याहार कक्ष तथा डे–केयर सेवाको उद्घाटन गरेकी थिइन् ।

बैंकले समावेशिता, लैंगिक समानता र कर्मचारीमैत्री कार्य संस्कृतिलाई प्राथमिकतामा राख्दै यस्ता पहलहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात् गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?