काठमाडौं । स्वतन्त्र चालक फाउन्डेसन नेपालले राइडर र चालकहरूको हकहित, उचित भाडादर र श्रम शोषण अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ ।
फाउन्डेसनका अनुसार डिजिटल राइड–सेरिङ सेवामा नीतिगत सुधार, चालक तथा राइडरलाई उचित पारिश्रमिक र न्यायपूर्ण व्यवस्था लागू गराउन आन्दोलन गर्न लागिएको हो ।
पहिलो चरणमा चालक र राइडरलाई एक हप्तासम्म इन्ड्राइभ एप अनइन्स्टल गर्न आग्रह गरिएको छ । साथै, वैज्ञानिक भाडादर लागू गर्न, श्रम शोषण रोक्न र ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभ कार्यालय घेराउ गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
फाउन्डेसनले साउन २०, २१ र २२ गते बिहान ११ बजेदेखि शान्तिपूर्ण धर्ना, प्लेकार्ड प्रदर्शन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, ललितपुरमा अनुमति मागेको जनाएको छ ।
आयोजकले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने र संविधान, कानुन तथा प्रशासनका निर्देशन पालना गरिने बताएका छन् । साथै, कुनै पनि प्रकारको हिंसा, तोडफोड, सार्वजनिक वा निजी सम्पत्तिमा क्षति तथा यातायात अवरोध नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया