काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता र शाखाहरूलाई सम्मान गर्दै ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गरेका सिटिजन लिडर, कर्मचारी र विशिष्ट अतिथिहरू सहभागी भएका थिए ।
यसै कार्यक्रममा कम्पनीले नयाँ डिजिटल प्रणाली ‘आई–सोलुसन भर्जन नेक्स्ट’ सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समिति र व्यवस्थापन टोलीले संयुक्त रूपमा यसको शुभारम्भ गरेका हुन् ।
कम्पनीका अनुसार नयाँ प्रणालीले बीमा सेवा अझ छिटो, सुरक्षित र ग्राहकमैत्री बनाउन सहयोग गर्नेछ । यसले कम्पनीको डिजिटल सेवा विस्तार गर्ने योजनालाई पनि बल पुर्याउने विश्वास गरिएको छ ।
कार्यक्रममा ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति मुख्य आकर्षण बनेको थियो । हास्य कलाकार सुन्दर खनाल तथा कम्पनीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाएको थियो ।
यस अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता र शाखाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।
पुरस्कारतर्फ बुटवल शाखा उत्कृष्ट शाखा घोषित भयो । भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर, नितेश श्रेष्ठ उत्कृष्ट सिटिजन लिडर, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता तथा दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने व्यक्तिका रूपमा सम्मानित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया